२६ असार २०८२, बिहिबार | Thu Jul 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

७० बर्षमाथीका ज्येष्ठ नागरिकको बीमाको शुल्क सरकारले तिर्ने



 

स्थानीय खबर संवाददाता
काठमाडौं, १५ जेठ

७० बर्ष माथीका ज्येष्ठ नागरिकको बीमावापत तिनुपर्ने रकम सरकारले तिर्ने भएको छ । संघीय सरकारका अर्थमन्त्रीले डा. युवराज खतिवडाले संसदमा पेस गरेको बजेटले यो व्यवस्था गरेको हो । सामाजिक सुरक्षाको क्षेत्रमा यो नयाँ कार्यक्रम हो ।

७० बर्ष नाघेका बृद्धबृद्धाले मासिक २ हजार रुपैयाँ भत्ता पाउँदै आएका छन् । यसअघि शेरबहादुर देउवाको सरकारले भत्ता पाउनेको उमेर ६५ बर्षमा झारे पनि बजेटले यसलाई संवोधन गरेको छैन । दलित समुदाय र कर्णालीमा भने ६० बर्षदेखि नै भत्ता पाउँदै आएका छन् ।

केन्द्रीय पञ्जीकरण विभागका दलित समुदायका २ लाख १२ हजार ४४४ र कर्णालीका ३३ हजार ८१० बृद्धबृद्धाले भत्ता पाउँदै आएका छन् । यसै गरि अन्य भत्ता पाउने ८ लाख ६६ हजार ४८२ अन्य समुदायका बृद्धबृद्धाले भत्ता पाउँदै आएका छन् ।

विभागको तथ्यांकअनुसार देशभर बृद्धबृद्धा, अपाङ्ग, एकल महिला, लोपोन्मुख आदिवासी जनजाति, वाल संरक्षण भत्ता पाउने नागरिकको संख्या करिब २४ लाख छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७५, मंगलबार ००:००