८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जीप दुर्घटनामा वडाध्यक्ष सहित चारको मृत्यु



 

१५ जेठ, डडेल्धुरा ।
आज बिहान डोटी जिल्लाको सिलगढीबाट धनगढीतर्फ गइरहेको से १ ज ३३० नं को जीप दुर्घटना हुँदा वडाध्यक्ष सहित चार जनाको मृत्यु भएको छ ।

डोटी आदर्श गाउँपालिका–३ का वडाध्यक्ष प्रेम बोहरा सहितको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने अन्यमा गाडीधनी दिपायल सिलगढी–४ का विनोदकुमार रावल तथा आदर्श गाउँपालिकाका लाल बोहरा र जानकी बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

जीपमा ११ जना सवारमध्ये सात जना घाइते भएकामा दुई जनालाई उपक्षेत्रीय अस्पतालबाट अन्यत्र उपचारका लागि सिफारिस गरी पठाइएको छ भने अन्य ५ जनाको उपक्षेत्रीय अस्पताममा नै उपचार भइरहेको अस्पतालले जनाएको छ ।

घाइते करुणकुमार यादव र विष्णु विकलाई थप उपचारका लागि सिफारिस गरिएको छ । घाइतेको खुट्टा, टाउको, कम्मर र हातमा चोटपटक लागेको अस्पतालले जनाएको छ ।

सिलगढीवाट धनगढीका लागि छुटेको उक्त जीप डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको केआइसिंह राजमार्गको गजरौला नजीक दुर्घटना भएको हो । जीपमा सवार सबैको सनाखत भइसकेको छ ।
रासस

प्रकाशित मिति : १५ जेष्ठ २०७५, मंगलबार ००:००