१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला समन्वय समिति दार्चुलाद्वारा जनप्रतिनिधिलाई तालीम



 

१० जेठ, दार्चुला ।
स्थानीय तहबाट जनतालाई प्रदान गरिने सबै किसिमका सेवालाई प्रभावकारी बनाउन जिल्ला समन्वय समिति, दार्चुलाले जनप्रतिनिधिलाई तालीम दिइरहेको छ ।

स्थानीय शासन सञ्चालनसम्बन्धी ऐन, नियम र कानूनका बारेमा उनीहरुलाई जानकारी दिई दक्ष बनाउन तालीम दिइरहेको समन्वय समिति प्रमुख करवीरसिंह कार्कीले जानकारी दिए ।

समन्वय समितिले यसअघि जिल्लाको शैल्यशिखर नगरपालिका भरि रहेका वडासदस्य, अध्यक्ष, वडा सचिव, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुख र नगर उपप्रमुखलाई उक्त तालीम दिइसकेको जनाएको छ । यस्तै, बुधबारदेखि महाकाली नगरपालिकाका जनप्रतिनिधिलाई समेत तालीम दिइएको जनाइएको छ ।

महाकाली नगरपालिकाका ९ वटै वडाका वडाध्यक्ष, सदस्य, वडा सचिव नगर प्रमुख, नगर उपप्रमुख कार्यपालिकाका सदस्य, प्रमुख प्रशासकीय अधिकृत लगायत ६२ जनाको सहभागिता रहेको समन्वय प्रमुख कार्कीले जानकारी दिए । स्थानीय शासन सञ्चालनसम्बन्धी तालीमका माध्यमबाट जानकारी गराइरहेको जनाइएको छ । तालीम तीन दिनसम्म सञ्चालन हुनेछ ।

यो तालीम जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधि लगायत कर्मचारीलाई समेत दिलाइने समन्वय समिति प्रमुख कार्कीले जानकारी दिए । तालीमले जनतालाई प्रदान गरिने सेवामा केही सहजता र छिटोछरितोपन ल्याउन मद्दत गर्ने उनले जानकारी दिए ।

तीनदिने तालीमको महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् । तालीमपश्चात स्थानीय तहले जनतालाई प्रदान गर्ने सबै किसिमका सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, कोष नियन्त्रक, समन्वय अधिकारीले प्रशिक्षण दिईरहेका छन् ।
रासस

प्रकाशित मिति : १० जेष्ठ २०७५, बिहिबार ००:००