१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्खा लागेसंगै ग्रामीण क्षेत्रको यातायात सञ्चालनमा कठिनाइ

लेखक स्थानीय खबर ६ जेष्ठ २०७५, आइतबार २ मिनेट पढाइ

 

६ जेठ, ताप्लेजुङ ।
गत महिना वर्षाका कारण कच्ची सडक भत्किएर हिलाम्मे भएकै कारण सिरिजंघा गाउँपालिका–२ आम्बेगुदिनमा एउटा ट्रक र ट्र्याक्टर चिप्लिएर पल्टिन पुग्यो । ना ६ ख २००० नंको ट्रक हिलाम्मे बाटोमा चिप्लिएर सडकबाट झण्डै सय मिटर तल भरेको थियो । अघि–अघि गुडिरहेको ट्र्याक्टर पनि सो ट्रकको ठक्करबाट एकै समयमा पल्टिन पुग्यो ।

“बर्षाकै कारण कच्ची सडक हिलाम्मे भएर गाडी पल्टियो, गाडी किन्दैको ऋण तिरिसक्या छैन, अहिले लाखौँ खर्चिएर मर्मत गरिरहेको छु, सायद बाटो राम्रो भएको भए यो हालत हुने थिएन”, ट्रक धनी आम्बेगुदिनका खगेन्द्र कुवँरले भने । बर्षाभर जिल्लाको ग्रामीण क्षेत्रका कच्ची सडक भत्किएर साँघुरो र हिलाम्मे हुने भएकाले बर्षेनी सवारी दुर्घटना हुने गरेका छन् ।

हिलाम्मे सडकमा गाडी फस्ने गरेकाले सवारी चालक र यात्रुले समेत सास्ती बेहोर्दै आएका छन् । ग्रामीण क्षेत्रमा सवारी साधन चलाउँदै आएका एक चालकले भने, “बर्षा शुरु भएसँगै कच्ची बाटो भत्किएर हिलाम्मे हुने गरेकाले गाडी फसेर साह्रै दुःख पाइन्छ, अर्कातर्फ गाडी पल्टिने चिन्ता पनि धेरै हुन्छ ।”

कहिलेकाहीँ यात्रुलाई समेत ओरालेर फसेको गाडी ठेल्न र तान्न लगाउनुपर्ने अवस्था आइपरेको उल्लेख गर्दै उनले भने, “कहिले समयमै गन्तव्यमा पुग्न नपाइने त कहिले गाडी फसेपछि बीच बाटोमा नै यात्रुलाई ओरालेर हिँडाउनुपर्ने हुन्छ ।”

यसरी बर्षेनी चालक तथा यात्रुले वर्षाभर दुःख पाउने गरेका छन् । यो वर्ष पनि बर्षा लागेसँगै जिल्लाका कच्ची सडकमा यातायातमा कठिनाइ हुन थालेको छ । कतिपय ठाउँमा स्तरोन्नतिका लागि हिउँदमा भत्काइएका सडक निर्माणमा ढिलाइ हुँदा समस्या भएको हो ।

पाथीभरा जाने सुकेटारदेखि भालुगौँडेसम्मको नौ किलोमिटर मध्येको आधाजसो सडक समयमा मर्मत नहुँदा तीर्थयात्रीको बिजोग नै हुने गरेको छ ।
रासस

प्रकाशित मिति : ६ जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।