१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्याग्दीका ६ ठाउँमा झोलुङ्गे पुल निर्माणका लागि सिफारिस



२८ वैशाख, म्याग्दी ।
पहाडी जिल्ला म्याग्दीका विभिन्न ६ ठाउँमा लामो झोलुङ्गे पुल निर्माणका लागि सिफारिस गरिएको छ । जिल्ला समन्वय समितिको बैठकले भौगोलिक रुपमा विकटता रहेका गाउँबस्तीलाई जोड्नका लागि लामो झोलुङ्गे पुल निर्माणका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको लामो पुल हेर्ने विभागमा सिफारिस गरेको हो ।

अन्नपूर्ण गाउँपालिकाको राम्चे–नागी, तल्लो शिख–किन्दु, रघुगंगा गाउँपालिकाको चिमखोलाको सिस्नेरी–रायखोर, दरमिजा–पाखापानी, मौवाफाँट–पात्लेखेतमा निर्माण हुने लामो पुलको सम्भाव्यता अध्ययनका लागि योजना सिफारिस गरिएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताए ।

उनका अनुसार धौलागिरि गाउँपालिकाको मुदीदेखि खिबाङ गाउँ जोड्नका लागिसमेत लामो पुलको सम्भाव्यता अध्ययनका लागि सिफारिस गरिएको छ ।

“अहिले यी ठाउँमा वारपारका लागि घण्टौँको फेरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ, लामो पुलहरुले एकापसमा आवतजावतलाई सहज बनाउने भएकाले सम्भाव्यता अध्ययनका लागि सिफारिस गरेका हौँ” जिसस प्रमुख केसीले भने ।

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नका लागि नेपालकै लामो झोलुङ्गे पुल निर्माण भइसकेको छ । दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको उक्त ३६५ दशमलव ८० मिटर लामो झोलुङ्गे पुलले बेग र बाँदुक गाउँमा वारपारका लागि करीब तीन घण्टाको यात्रा ३० मिनेटमै छोटाएको छ ।

यसअघि जिल्लाको मौवाफाँट थाकनको डिलदेखि काउलेगौडाको फेदी, रत्नेचौरदेखि बागलुङको कुँडुले र गलेश्वरदेखि राममन्दिर जोड्ने गरी लामो पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गरिसकिएको छ ।
रासस

प्रकाशित मिति : २८ बैशाख २०७५, शुक्रबार ००:००