१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमल थापालाई संघीय मामिला तथा स्थानीय विकास मन्त्री बनाउने तयारी



सरकारले मन्त्रीपरिषद् विस्तारका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालई संघीय मामिला तथा स्थानीय विकास मन्त्री बनाउने तयारी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दहालका प्रेस सल्लाहकार गोबिन्द आर्चायका अनुसार थापालाई उपप्रधानमन्त्री पनि बनाउने तयारी भईरहेको छ । आज साँझै सपथ खुवाउने तयारीसमेत भइरहेको उनले बताए ।

“उहाँलाई उपप्रधान र संघीय मामिला तथा स्थानीय विकास मन्त्री बनाउने अनौपचारिक सहमति भएको छ,” उनले भने, “उहाँ र राप्रपाबाटै बन्ने अर्का मन्त्रीलाई आज साँझ नै सपथ खुवाउने तयारी भइरहेको छ ।”

थापा पटक–पटक स्थानीय विकास मन्त्री बन्ने नेता हुन् । यसअघि २०५४ मा पनि स्थानीय बनेका थिए । केपी ओली नेतृत्वको सरकारमा पनि उपप्रधान, संघीय मामिला तथा स्थानीय विकास मन्त्री थापा नै थिए ।

पुष्पकमल दहाल नेतृत्वको सरकारमा अहिलेसम्म संघीय मामिला तथा स्थानीय विकास मन्त्रीमा माओवादी केन्द्रका नेता हितराज पाण्डे थिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७३, बिहिबार ००:००