८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पशुपति वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई नियमित स्वास्थ्य उपचार गर्न कठिनाइ



सुसन भट्टराई

६ पुस, काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रमा अवस्थित वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई नियमित स्वास्थ्य उपचारमा कठिनाइ भएको छ ।

वृद्धाश्रममा आश्रित १८६ ज्येष्ठ नागरिकको नियमित उपचारका लागि एक मात्र चिकित्साकर्मी भएकाले समस्या आएको हो । अहेव विमला सुवेदीले आश्रममा रहेका ६५ देखि १०१ वर्ष उमेरका नागरिकका लागि आफू एक्लैले सेवा गर्न भ्याइनभ्याइ हुने भएकाले गुणस्तरीय उपचार सेवा दिन समस्या परेको बताइन् । “सय जना ज्येष्ठ नागरिक दीर्घ रोगका बिरामी हुनुहुन्छ, अन्यलाई पनि स्वास्थ्यको समस्या परिरहन्छ,” उनले भनिन्, “उहाँहरूलाई औषधि खुवाउने, रेखदेख गर्ने काम एक जनाले भ्याउन कठिन छ ।”

उहाँले रात्रिकालीन हेरचाहका लागि हाल एक स्टाफ नर्स करारमा नियुक्त गरिए पनि पर्याप्त नभएको गुनासो गर्र्दै वृद्धवृद्धा विभिन्न समुदायका रहेको र विगतका व्यक्तिगत घटनाबाट विक्षिप्त भएकाले मनोवैज्ञानिक समस्यासमेत रहेको बताइन् ।

नेपाल सरकारको एक मात्र सरकारी वृद्धाश्रमका रुपमा रहे पनि औषधि अभाव र थप उपचारका लागि निजी क्षेत्रसँग सहयोग माग्नुपर्ने अवस्था छ । उक्त आश्रममा देशका ४० जिल्लाका वृद्धवृद्धाले आश्रय लिइरहेका छन् । वि.सं २०७२ को भूकम्पका कारण क्षतिग्रस्त भवन निर्माणाधीन रहेकाले बसोबासका लागि समेत समस्या छ । रासस

प्रकाशित मिति : ६ पुस २०७४, बिहिबार ००:००