९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समानुपातिक मत परिणामः सप्तरीमा राजपा पहिलो



३ पुस, सप्तरी ।
सप्तरी जिल्लामा हालै सम्पन्न मतगणनाअनुसार समानुपातिकतर्फ राजपा पार्टी पहिलो र नेपाली कांग्रेस दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ ।

जिल्ला मुख्य निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार जिल्लामा प्रतिनिधि र प्रदेशसभा दुबैतर्फ राष्ट्रिय जनता पार्टी नेपाल पहिलो पार्टी बनेको छ ।

राजपाले प्रतिनिधिसभातर्फ ४७ हजार ५९९ र प्रदेशसभातर्फ ४२ हजार ६०० मत प्राप्त गरेको छ । यस्तै नेपाली कांग्रेस दोस्रो दल बनेको छ । कांग्रेसले प्रतिनिधिसभातर्फ ४५ हजार ३०१ र प्रदेशसभातर्फ ३८ हजार ७३३ मत प्राप्त गरेको बताइएको छ ।

संघीय समाजवादी फोरम नेपाल भने प्रतिनिधिसभातर्फ ३२ हजार ४९० र प्रदेशसभातर्फ ३० हजार २३८ मत प्राप्त गरी संघीय फोरम तेश्रो दल बनेको छ । त्यस्तै प्रतिनिधिसभातर्फ ३० हजार ५२५ मत प्राप्त गरी नेकपा एमाले चौथो पार्टी बनेको छ । प्रदेशसभातर्फ २८ हजार ९० मत प्राप्त गरेको छ ।

यसैगरी नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ १८ हजार ८२० र प्रदेशसभातर्फ १६ हजार ५७ मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै नयाँ शक्ति पार्टीले दुई हजार ७१९ र राप्रपा प्रजातान्त्रिकले दुई हजार १९७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले बताए ।
रासस

प्रकाशित मिति : ३ पुस २०७४, सोमबार ००:००