९ श्रावण २०८२, बिहिबार | Thu Jul 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेनी–जोमसोम सडकखण्डअन्तर्गत गलेश्वरको बेलीब्रिज जीर्ण



 

बेनी— म्याग्दी, २३ कात्तिक । दैनिक दर्जनाैँ निजी तथा भाडाका सवारी साधन गुड्ने बेनी–जोमसोम सडकखण्डअन्तर्गत बेनी नगरपालिकाभित्रको गलेश्वर राहुघाट नदीमा बनेको बेलिब्रिज मर्मतसम्भारको अभावमा जीर्ण बनेको छ ।

जिल्लाको राहुघाट, उत्तरी म्याग्दी हुँदै हिमाली जिल्ला मुस्ताङ आवतजावत गर्ने सवारी साधनको चापसंगै पुल जीर्ण भएको लामो समय बितिसक्दासमेत सम्बन्धित निकायले मर्मतमा चासो नदेखाउँदा जुनसुकै बेला पनि दुर्घटना हुन सक्ने त्रास बढेको छ ।

पुलको बीच र आसपासमा प्वाल परेको छ । जीर्ण पुलको मर्मतका लागि सडक विभागसमेत बेखबर भएको स्थानीय अमृतमान शेरचनले बताए ।

पुलमा परेको प्वालमा ठूला सवारी साधनका पाङ्ग्राले क्षति पुगेको गलेश्वरका मोहन केसीले बताए । नेपाली सेनाले निर्माण गरेको पुलको २०६४ असोज ३० गते तत्कालीन प्रधानसेनापति रुकमाङ्गत कटुवालले उद्घाटन गरेका थिए ।

यसैबीच बेनी–जोमसोम सडकखण्डअन्तर्गत रहेका बेलीब्रिजको मर्मत सम्भारको आवश्यकता देखिएको छ । बेगखोलामा रहेको पुललाई गत भदौमा बाढीले बगाए पनि निर्माण हुन सकेको छैन । यसैगरी म्याग्दी र मुस्ताङखण्डमा रहेका चार वटा पुलको मर्मत हुन सकेको छैन ।
रासस

प्रकाशित मिति : २३ कार्तिक २०७४, बिहिबार ००:००