८ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भाेजपुर स्थानीय तहमा करिब ८५ करोड निकासा




भोजपुर
, २१ भदौ । भोजपुरका नौ वटै स्थानीय तहका लागि सरकारबाट प्राप्त बजेटको पहिलो किस्ताको रकम निकासा गरिएको छ । पहिलो किस्ताबापतको जम्मा करिब ८५ करोड रकम निकासा गरिएको कोष तथा लेखा नियन्त्रण कार्यालय भोजपुरले जनाएको छ ।

जिल्लाका कोष तथा लेखा नियन्त्रक ईश्वरीप्रसाद देवकोटाका अनुसार भोजपुर नगरपालिकामा ११ करोड ५३ लाख ४८ हजार, षडानन्द नगरपालिकामा १२ करोड ९८ लाख ९४ हजार निकासा गरिएको हो ।

त्यस्तै, अरुण गाउँपालिकामा १० करोड १३ लाख ४० हजार, आमचोक गाउँपालिकामा आठ करोड ८७ लाख ६७ हजार, ट्याम्के मैयुङ गाउँपालिकामा नौ करोड २१ लाख ५२ हजार, पौवादुङ्मा गाउँपालिकामा सात करोड २२ लाख ११ हजार, रामप्रसादराई गाउँपालिकामा आठ करोड ७३ लाख १३ हजार, साल्पासिलिछो गापामा सात करोड ४३ लाख छ हजार र हतुवागढी गाउँपालिकामा आठ करोड ८८ लाख ३३ हजार रकम निकासा भएको छ ।

पहिलो किस्ताको रकम भने झण्डै आर्थिक बर्ष शुरु भएको डेढ महिनापछि निकासा भएको हो । यहाँका स्थानीय तहले समयमै बैंक खाता नम्बर नपठाएकाले ढिला भएको कार्यालयको भनाइ छ । रकम निकासा गरिएपछि यता नगरपालिका, गाउँपालिकाले नगरसभा र गाउँसभा धमाधम गरिरहेका छन् ।
रासस

प्रकाशित मिति : २१ भाद्र २०७४, बुधबार ००:००