३ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झडपपछि मतदान स्थगित

लेखक स्थानीय खबर १४ असार २०७४, बुधबार १ मिनेट पढाइ

धनगढी । बझाङ जिल्ला सदरमुकाम जयपृथ्वी नगरपालिका–३ को पाण्डु मावि मतदान केन्द्रमा मतदानका क्रममा दुई पक्षबीच झडप भएको छ ।

झडपसँगै स्थिति तनावपूर्ण बनेपछि सो मतदान केन्द्रमा अहिले मतदान स्थगन गरिएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्र देउजाले बताए । झडप किन भएको भन्ने जानकारी हुन सकेको छैन ।

यसैगरी अछामको बैजनाथ गाउँपालिकाको मतदानका क्रममा पनि दुई पक्षबीच भएको झडपपछि उक्त मतदान केन्द्रको मतदान स्थगन गरिएको छ । नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच त्यहाँ झडप भएको बताइएको छ ।

अछामकै मेल्लेख गाउँपालिकाको नन्देश्वरी मालिगाड मतदान केन्द्रमा पनि झडप भएको छ । मतदानस्थल बाहिर एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भई स्थिति तनावपूर्ण बनेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन पाँच राउन्ड अश्रुग्यास प्रयोग गरेको छ । अहिले सो केन्द्रमा स्थिति सामान्य भई मतदान पुनः सञ्चालन भएको छ । रासस

प्रकाशित मिति : १४ असार २०७४, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।