५ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोस्रो चरणको निर्वाचनमा पनि ठुलो पार्टी हुने अध्यक्ष ओलीको दाबी



काठमाडौँ, तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री एवं मुस्लिम विभागका प्रमुख समिम मियाँ अन्सारीसहित विभिन्न पार्टीका नेता कार्यकर्ता शनिबार नेकपा एमालेमा प्रवेश गरेका छन् ।

शनिबार आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालले उनीहरूलाई पार्टी प्रवेश गराए ।

कार्यक्रममा अध्यक्ष ओलीले अब मुलुकको नेतृत्व गर्ने शक्ति नै आफ्नो पार्टी भएकाले दोश्रो चरणको स्थानीय निर्वाचनमा पनि पहिलो पार्टी बनाउने बताए । उनले आफूहरुले दुई चरणमा निर्वाचन नगर्न र मुस्लिमहरुको रमजान पर्वलाई असर पर्ने गरी जेठ ३१ मा निर्वाचन नराख्न माग गरे पनि सरकारले नमानेकाले अव तयारी सुरु भइसकेकाले निर्वाचन नसार्न माग गरे ।

नेता नेपालले एमालेको नेतृत्वमा सरकार हुँदा अन्य पार्टीले भन्दा बढी मुस्लिमको हित र सुरक्षाका लागि बजेट र कार्यक्रम ल्याएको बताए ।

पार्टी प्रवेश गर्नेहरुमा माओवादी केन्द्रका काठमाडौँ जिल्ला सचिव कामरुद्दिन मियाँ, मधेसी जनाधिकार फोरम ९लोकतान्त्रिक० काभ्रेका नेता आइके लामा, नेपाली कांग्रेस उदयपुरका कार्यकर्ता नारद कार्कीलगायत छन् । रासस

प्रकाशित मिति : १३ जेष्ठ २०७४, शनिबार ००:००