५ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुर महानगरपालिकामा एमालेको अग्रता



चितवन, भरतपुर महानगरपालिका प्रमुखमा नेकपा एमाले का देवीप्रसाद ज्ञवाली अगाडि रहेका छन् ।

हालसम्म गणना भएको एक हजार चार सय मतमा ज्ञवाली ६८५ मतका साथ अग्रस्थानमा छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी रेणु दाहालले ५२८ मत प्राप्त गरेकी छन् । यस्तै राप्रपाका बद्री तिमिल्सिनाले ३७ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा नेपाली कांग्रेसकी पार्वती शाहले ६०४, नेकपा एमालेकी दिव्य शर्मा आचार्यले ५९९ र राप्रपाकी रिना गुरुङले ४७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वडा नं १ बाट मतगणना सुरु गरिएको हो । सो वडामा अध्यक्षमा एमालेका उम्मेदवार अगाडि छन् । सोमबार अपराह्न ४ः३० बजेदेखि निरन्तर मतगणना गरिए पनि हालसम्म एक हजार ४०० मत मात्र गणना गरिएको हो । रासस

प्रकाशित मिति : २ जेष्ठ २०७४, मंगलबार ००:००