४ मंसिर २०८३, शुक्रबार | Fri Nov 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम प्रदेशः मुख्यमन्त्री कृषि कार्यक्रम कार्यान्वयनमा

लेखक स्थानीय खबर २२ माघ २०७५, मंगलबार २ मिनेट पढाइ

सिद्धराज भट्ट

माघ २२, धनगढी । सुदूरपश्चिम प्रदेशमा ‘मुख्यमन्त्री कृषि कार्यक्रम’ अन्तर्गत कृषि औजार उपकरण अनुदान, शीत भण्डार निमार्ण र साना सिँचाइ सहयोग जस्ता कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ ।

‘परिवर्तित कृषि प्रणाली, मौसम सुहाउँदो खेती, माटो सुहाउँदो उत्पादन, उत्पादन अनुसारको बजार’ भन्ने नारासाथ प्रदेशका सबै ८८ स्थानीय तहमा मुख्यमन्त्री कृषि कार्यक्रम कार्यान्वयन गर्ने नीति प्रदेश सरकारको छ । यो कार्यक्रम अन्तर्गत चालू आवमा १९ करोड बजेट विनियोजन गरिएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता नीलकण्ठ पोखरेलले साना सिँचाइ कार्यक्रम कृषि ज्ञान केन्द्रमार्फत शुरु भइसकेकामा मन्त्रालयमार्फत सञ्चालन हुन लागेको कृषि औजार उपकरण अनुदान र शीत भण्डार गृह निर्माणका लागि कार्यविधि बनिरहेको बताए ।

साना सिँचाइ कार्यक्रम अन्तर्गत किसानलाई स्यालो ट्युबवेल बोरिङ जडानमा सहयोग उपलब्ध गराउन लागिएको छ । सरकारी–निजी–साझेदारी अवधारणा अनुरुप कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र बैतडीमा एक एक शीत भण्डारगृह निर्माण गर्ने लक्ष्य रहेको छ । यस्तै प्रदेशका नौ वटै जिल्लाका किसानलाई तोकिएको मापदण्डका आधारमा पचास प्रतिशत अनुदानमा कृषि औजार उपकरण अनुदान उपलब्ध गराउन लागिएको छ ।

चालू आवमा मन्त्रालयले उपलब्ध गराएको बजेटबाट राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेडमार्फत कृषक, सहकारी र कृषक समूहलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिएकामा किसानलाई उखु र चैतेधानको बीउ पनि वितरणको प्रक्रिया शुरु गरिएको छ । गहुँको बीउ एक हजार ३१८ हेक्टरमा पुग्ने गरी वितरण गरिएको छ ।

बाढी, डुबान र नदीकटानको जोखिम रोक्नका लागि कैलाली र कञ्चनपुर जिल्लाको बाढी, डुबान र नदीकटानको जोखिम मानिएका क्षेत्रको जग्गामा उखु खेती गर्न यसको बीउसमेत ५० प्रतिशत अनुदानमा उपलब्ध गराउन लागिएको प्रवक्ता पोखरेलले बताए । ७०८ हेक्टर क्षेत्रमा उखु खेती गर्ने माग भएकामा चालू वर्षमा २८० हेक्टरका लागि मात्र बीउमा अनुदान दिन सकिने जनाइएको छ ।

दलहन बाली मुङको खेती गर्नका लागि पहिलो पटक मन्त्रालयले यसको बीउ शतप्रतिशत अनुदानमा वितरण गर्न लागेको छ । एक बिघादेखि १० बिघासम्म खेती गर्न चाहनेलाई मात्र यसको बीउ शतप्रतिशत अनुदानमा वितरण गर्न सकिने मापदण्ड बनाइएको छ । ‘एक घर पाँच फलफूल बिरुवा वितरण कार्यक्रम’ अन्तर्गत प्रदेशका सात पहाडी जिल्लामा स्याउ, अम्बा, नास्पती, आरुबखडा, ओखर लगायतका झण्डै ७५ हजार फलफूलका बिरुवा वितरण भइरहेको छ । रासस

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।