३ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

औरावनी जिल्लामै पहिलो छुवाछूत मुक्त वडा घोषणा

लेखक स्थानीय खबर २४ बैशाख २०७५, सोमबार २ मिनेट पढाइ

२४ वैशाख, इनरुवा ।
जिल्लाको गढी गाउँपालिका २ औरावनीलाई आइतबार जिल्लामै पहिलो छुवाछूत मुक्त वडा घोषणा गरिएको छ । गढी गाउँपालिका–२ नम्बर वडा कार्यालयको आयोजना र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ इटहरी सुनसरीको सहआयोजनामा यस २ नम्बर वडालाई छुवाछूत मुक्त वडा घोषणा गरिएको हो ।

छुवाछूत मुक्त वडा घोषणा गर्नका लागि सबै सूचक पूरा गरी वडालाई छुवाछूत मुक्त वडा घोषणा गरेको आयोजक संस्थाका संयोजक बद्रीनारायण शर्माले जानकारी दिए ।

छुवाछूत मुक्त वडा घोषणा कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेती, गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादव, उपाध्यक्ष राजकुमारी चौधरी, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ इटहरी सुनसरीका अध्यक्ष मानबहादुर रसाइली लगायतकाले छुवाछूत मुक्त वडा घोषणा कार्यक्रम गरेर मात्र नहुने बताउनुहुँदै यसलाई व्यावहारिकरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

महिला सशक्तीकरणका लागि जनचेतना

महिला सशक्तीकरण र लैंगिक समावेशीकरणको महत्व बुझाउँदै सुनसरीको कोशी गाउँपालिका–२ पश्चिमकुशाहामा आइतबार अन्तर संवाद तथा लघु नाटक कार्यक्रम सम्पन्न भएको छ ।

यूएन ओमन र इक्वेल एक्सेसको आर्थिक सहयोग तथा सामुदायिक सारथीको आयोजनामा लघुनाटक तथा अन्तर संवाद कार्यक्रम सम्पन्न गरेको आयोजक संस्थाका कार्यक्रम संयोजक निर्मला आचार्यले जानकारी दिइन् ।

कार्यक्रममा विद्यार्थीले महिला सशक्तीकरणका लागि पढाइलाई जोड दिएर नाटक मञ्चन गरेका थिए । नाटक जीवन्त भएको र यस्ता नाटक हरेक गाउँ टोलमा लगेर देखाउन सके चेतना फैलने र सबैले छोरीलाई असल शिक्षा दिन प्रेरित गर्ने कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले बताए ।
रासस

प्रकाशित मिति : २४ बैशाख २०७५, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।