५ मंसिर २०८३, शनिबार | Sat Nov 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं सातः भट्ट सरकारलाई विश्वासको मत प्राप्त

लेखक स्थानीय खबर २२ फाल्गुन २०७४, मंगलबार २ मिनेट पढाइ

२२ फागुन, धनगढी । प्रदेश नं ७ को सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । नेपालको संविधानको धारा, १६८ को उपधारा, ४ बमोजिम मंगलबार प्रदेशसभाको बैठकबाट विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रदेश सभा भवन धनगढीमा बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले राखेकाे प्रस्तावको पक्षमा ३८ प्रदेशसभा सदस्यले मत जाहेर गरेका छन् । प्रस्तावको विपक्षमा १० मत परेको थियो ।

बैठकको प्रारम्भमा सभामुख अर्जुनबहादुर थापाको अनुमतिमा मुख्यमन्त्री भट्टले नेपालको संविधानको धारा, १६८ को उपधारा, ४ र प्रदेश सभा सञ्चालन अन्तरिम कार्यविधि, २०७४ बमोजिम आफूमाथि विश्वासको मत प्राप्त होस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावमा प्रदेश सभा सदस्यद्वय नेकपा माओवादी केन्द्रका वीरभान चौधरी र नेकपा एमालेका तारा लामा तामाङले समर्थन गरेका थिए ।

सभामुख थापाले प्रस्तावको पक्षमा ३८ मत परेको र उक्त संख्या प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत रहेकाले मुख्यमन्त्री भट्टको सरकारले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए ।

प्रस्तावको पक्षमा एमाले र माओवादी केन्द्र उभिएका थिए भने विपक्षमा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी थिए । प्रदेश सभामा कूल ५३ प्रदेश सदस्यमध्ये आजको बैठकमा ४९ सदस्य उपस्थित रहेकामा कांग्रेसका प्रदेश सभा सदस्य डिल्लीराज पन्त, कर्णबहादुर मल्ल, कुमारी नन्दा बम र गोविन्दराज बोहरा अनुपस्थित थिए ।

बैठकमा प्रस्तुत प्रस्तावमाथि भएको छलफलमा भाग लिने प्रदेश सभा सदस्यहले प्रदेशका विभिन्न समस्याको समाधानमा सदनको ध्यानाकर्षण गराएका थिए । साथै प्रदेशको समुन्नतिका लागि सबैले हातेमालो गरी अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए । यसरी छलफलमा भाग लिने प्रदेशसभा सदस्यमा एमालेका पूर्णा जोशी, माओवादी केन्द्रका अक्कलबहादुर रावल, काँग्रेसका डा रणबहादुर रावल र राष्ट्रिय जनता पार्टीका मालामती राना थिए । रासस

प्रकाशित मिति : २२ फाल्गुन २०७४, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।