९ मंसिर २०८३, बुधबार | Wed Nov 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले माओवादी एकता निर्णायक हुँदै

लेखक स्थानीय खबर २ फाल्गुन २०७४, बुधबार १ मिनेट पढाइ

२ फागुन, काठमाडौं ।
पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पु¥याउन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आन्तरिक गृहकार्यलाई निर्णायक बनाएका छन् ।

आज बस्ने पार्टी एकता संयोजन समितिको बैठक पूर्व दुवै पार्टीको छुट्टाछुट्टै स्थायी कमिटी र केन्द्रीय कार्यालय बैठक चलिरहेको छ । ललितपुरको मानभवनस्थित एक निजी घरमा एमाले स्थायी कमिटीको बैठक बसिरहेको सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

पार्टी एकतालाई अन्तिम रुप दिन आजै बिहान माओवादी केन्द्रका वरिष्ठ नेताको अनौपचारिक बैठक बसेको बुझिएको छ । आन्तरिक छलफल चलिरहेकाले दिउँसो २ बजेका लागि तय गरिएको एकता संयोजन समितिको बैठक केही समय पछि सरेको छ ।

दुवै पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अघि गरेको सहमति बमोजिम एकता प्रक्रिया निष्कर्षमा पुग्न लागेको हो । यी दुई दलले पार्टी एकतासँगै नयाँ सरकार गठनको प्रक्रियालाई पनि सँगै अगाडि बढाएका छन् ।
रासस

प्रकाशित मिति : २ फाल्गुन २०७४, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।