५ मंसिर २०८३, शनिबार | Sat Nov 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश प्रमुखको कार्यालय सञ्चालनका लागि कर्मचारी खटिए

लेखक स्थानीय खबर ७ माघ २०७४, आइतबार १ मिनेट पढाइ

७ माघ, काठमाडौँ ।
सामान्य प्रशासन मन्त्रालयले सातवटै प्रदेशमा प्रदेश प्रमुखको कार्यालय सञ्चालनका लागि कर्मचारी खटाएको छ । मन्त्रालयले यसअघि कार्यालय सञ्चालन गर्न सहसचिव पठाइसकेपछि आइतबार अन्य कर्मचारी खटाइएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए ।

उनका अनुसार १८ जना कर्मचारीका दरले सातवटै प्रदेशमा प्रदेश प्रमुखको कार्यालयमा कर्मचारी खटाइएको छ । “आज पत्र दिएर अन्य कर्मचारीलाई सम्बन्धित प्रदेश प्रमुखको कार्यालय सञ्चालन गर्न पठाएका छौँ” उनले भने, “कर्मचारी सोमबारसम्म पुगी कार्यलय सुचारु गरिनेछ ।”

खटिइएका कर्मचारीमा दुई उपसचिव, सात शाखा अधिकृत, दुई नायब सुब्बा, एक कम्प्युटर अपरेटर, तीन कार्यालय सहयोगी र दुई जना सवारी चालक रहेका छन् ।

यसअघि मन्त्रालयले प्रदेश प्रमुखको कार्यालय संचालनका लागि प्रदेश नं १ मा रामकृष्ण गुरागाईँ, प्रदेश नं २ मा लावण्यकुमार ढकाल, प्रदेश नं ३ मा चर्तुभुज ज्ञवाली, प्रदेश नं ४ मा देवीप्रसाद ज्ञवाली, प्रदेश नं ५ मा सनतकुमार दुवाडी, प्रदेश नं ६ मा भरतबहादुर ढुंगाना र प्रदेश नं ७ मा युवराज सुवेदीलार्इ पठाइसकेको छ ।
रासस

प्रकाशित मिति : ७ माघ २०७४, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।