६ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेशसभा सञ्चालनस्थलका बारेमा सूक्ष्म अध्ययन

लेखक स्थानीय खबर २७ मंसिर २०७४, बुधबार १ मिनेट पढाइ

पूर्णप्रसाद मिश्र
२७ मंसिर, काठमाडौँ ।
संघीय संरचनाअनुसार प्रदेशसभा सञ्चालन गर्नेस्थलको अध्ययन सूक्ष्म रुपमा भइरहेको शहरी विकास मन्त्रालयले जनाएको छ ।

पूर्वाधारका आधारमा प्रदेश नं १ को धनकुटा, धरान, इटहरी वा विराटनगर, प्रदेश नं २ को जनकपुर वा वीरगन्ज, प्रदेश नं ३ को मकवानपुर, धादिङ वा ललितपुर, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को भैरहवा, बुटवल वा दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को कञ्चनपुरमा अस्थायी राजधानी तोकेर प्रदेशसभा सञ्चालन गर्ने स्थल, प्रदेश प्रमुख, प्रदेशसभाका सभामुख र मुख्यमन्त्रीको कार्यालय लगायत स्थल तोक्ने तयारी भएको मन्त्रालयले जनाएको छ ।

प्रदेशसभा सदस्य संख्याका आधारमा प्रदेशसभा सञ्चालन गर्न पुग्ने गरी सरकारी भवनको अध्ययन भइरहेको मन्त्रालयका प्रवक्ता शम्भु केसीले बताए ।

“सभा भवन लगायत संरचना अध्ययनका लागि क्षेत्रीय प्रशासकको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी, शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र जुन कार्यालय खाली गर्न खोजिएको हो त्यसका प्रमुख रहेको समिति गठन गरेर अध्ययन भइरहेको छ” उनले भने ।

केन्द्रीयस्तरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगराज बराल, अर्का सचिव प्रेमकुमार राई र मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माको नेतृत्वमा संरचना छनोटको काम भइरहेको छ ।

प्रदेशसभाको बैठकले प्रदेशको स्थायी राजधानीलगायत संरचनाका बारेमा निर्णय गर्ने भए पनि संविधानअनुसार पहिलो बैठक सञ्चालनका लागि अस्थायी संरचना तोक्ने तयारी गरिएको हो ।
रासस

प्रकाशित मिति : २७ मंसिर २०७४, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।