७ मंसिर २०८३, सोमबार | Mon Nov 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लामा वाम गठबन्धनका महत विजयी

लेखक स्थानीय खबर २३ मंसिर २०७४, शनिबार १ मिनेट पढाइ

२३ मंसिर, जुम्ला ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ रहेको जुम्लामा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका गजेन्द्र महत विजयी भएका छन् ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य महतले २२ हजार १७३ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवेन्द्र शाहीले १४ हजार १४९ मत ल्याएका छन् ।

नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले दुई हजार ७१८ मत ल्याएका छन् । महत भने २०७० सालको संविधानसभा निर्वाचनमा पराजित भएका थिए । खसेको कुल मतमध्ये एक हजार ८७ बदर भएको सहायक मतदान अधिकृत इन्द्र खड्काले जानकारी दिए । प्रतिनिधिसभातर्फ जुम्लामा ४१ हजार ४५६ मत खसेको थियो ।
रासस

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।