६ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङमा सुरक्षा प्रभावकारी बनाउन निर्देशन

लेखक स्थानीय खबर १९ मंसिर २०७४, मंगलबार १ मिनेट पढाइ

१९ मंसिर, दाङ ।
सुरक्षा निकायका प्रमुखहरुले मंसिर २१ गते हुने निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन दाङका सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सोमबार दाङमा आई जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई भरपर्दो सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिए ।

निर्वाचन बिथोल्ने आपराधिक गतिबिधि जारी रहँदा सुरक्षा निकायका प्रमुख आएर सुरक्षा अवस्थाका बारेमा जानकारी लिएका छन् । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीपकुमार रेग्मीसहित सुरक्षा निकायका प्रमुखले दाङको सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए ।

केही दिन पहिले प्रधानमन्त्री शेरबहादुर देउवा दाङ आएको बेला भएको वम विष्फोट र उम्मेदवारलाई लक्षित गरी भइरहेका बम विष्फोटका घटनाका बारेमा बुझ्दै सुरक्षा निकायका प्रमुखले आवश्यक सुरक्षा सतर्कता बढाउन निर्देशन दिएका थिए ।

नेपाल प्रहरीका प्रमुख अर्यालले आम मतदाता र उम्मेदवारको पूर्ण सुरक्षाको जिम्मा लिँदै अपराधमा संलग्न कुनै पनि समूह वा व्यक्तिलाई कानुनी दायरामा ल्याउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए ।

चुनावलाई भयरहित, स्वतन्त्र, सुरक्षित र मर्यादित बनाउन जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिँदै मतदाता, उम्मेदवार र चुनाव सामग्रीको सुरक्षामा जिम्मेवार बन्नसमेत सुझाव दिएका थिए । जिल्लामा चुनावलाई सुरक्षित बनाउन चार हजार एक सयभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् ।
रासस

प्रकाशित मिति : १९ मंसिर २०७४, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।