स्थानीय खबर संवाददाता
काठमाडौं, २ फागुन
सरकारले गाउँपालिका र नगरपालिकामा ३१ उपसचिव, ७२ अधिकृत, ३६ नासु र खरदार काज सरुवा गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बुधवार गरे यो निर्णय गरेको हो ।
मन्त्रालय उपसचिव विजयराज सुवेदीले मन्त्रालयको आकार घटाउने तयारीका क्रममा यति ठूलो संख्यामा कर्मचारी स्थानीय तहमा खटाएको जानकारी दिए । “स्थानीय तहमा कर्मचारी छैनन्, मन्त्रालयमा आवश्यकताभन्दा बढी छ,” सुवेदीले भने, “त्यसमाथी मन्त्रालयको आकार घटाउनु पर्नेछ । मन्त्रालयको अकार घटाउन पनि काज सरुवा गरेको हो ।”
स्थानीय तहलाई कानुन बनाउनेसम्मको अधिकार संविधानले दिएका कारण मन्त्रालयको अस्थित्वमाथी नै प्रश्न उठेको छ । मन्त्रालय नै खारेज गर्नेसम्मको कुरा पनि उठेको थियो । अहिले भएका संरचनामध्ये संघीय मामिला र कर्मचारी प्रशासन महाशाखा मात्र राख्ने तयारी गरिरहेको छ । सामाजिक न्याय, महिला तथा वालवालिका लगायतका केही महाशाखाहरू थप्ने तयारी गरिरहेको छ । “मन्त्रालयको आकार घटाउने प्रयासमा छौं । तर कति वटा राख्ने भन्नेमा छलफल गर्न बाँकी छ,” सुवेदीले भने ।
असन्तुष्ट कर्मचारी
मन्त्रालयबाट स्थानीय तहमा खटिनु परेपछि कर्मचारी बृत्तमा खैलाबैला मच्चिएको छ । अधिकांश कर्मचारीको घर र परिवार राजधानीमै भएका कारण पनि उनीहरू इच्छुक थिएनन् । खटिएरै जान चहानेहरू पनि आफूले रोजेको ठाउँमा जान नपाएका कारण रुष्ट छन् । कतिपय कर्मचारी अध्ययनका कारण पनि राजधानी छोड्न चहाँदैनन् । स्थानीय तहमा काम गर्न अनिच्छुक भएर फर्किएकाहरूलाई पनि खटाएको छ । कतिसम्म भने अवकाश लिन ३ महिना पनि समय बाँकी नभएका कर्मचारी पनि काज सरुवाको घानमा परेका छन् ।
को कहाँ खटिए ?
प्रतिक्रिया