२८ चैत, भीमदत्तनगर । कृष्णपुर नगरपालिकाको दोस्रो नगरपरिषद् एवं विधेयक अधिवेशनबाट तीन वटा ऐन पारित गरिएको छ । बुधबार बसेको नगरसभामा नगरपालिकाका नियमित कामलाई प्रभावकारी रुपले सञ्चालन गर्नका लागि आवश्यक पर्ने ‘सहकारी ऐन, २०७४’, ‘प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन’ र ‘आर्थिक कार्यविधि ऐन’ पारित गरेको नगरप्रमुख कर्ण बहादुर हमालले जानकारी दिए । रासस