८ चैत, सिलिङ्गे– मकवानपुर । जनचेतनाको अभावका कारण मुखको स्वास्थ्यमा ध्यान नपुग्दा विकट क्षेत्रका स्थानीयवासीमा दाँत र गिजासम्बन्धी विभिन्न रोग देखिने गरेको छ । नेपाल डेण्टल एशोसिएसनले गाउँगाउँमा गरेको दन्त शिविरका क्रममा यस्तो देखिएको एशोसिएसनका महासचिव डा मनोज हुमागार्इंले बताए । उनका अनुसार मुख्यगरी बालबालिकामा दाँत किराले खाने र वृद्धवृद्धामा गिजाको रोग देखिने गरेको छ…