७ चैत, नेपालगञ्ज । वर्षौं देखि जीर्ण नेपालगञ्ज वडा नं ८ स्थित ऐतिहासिक रानी तलाउको मंगलबारदेखि पुनःनिर्माण शुरु गरिएको छ । करीब डेढ दशकदेखि उपयोगविहीन रानीतलाउ पुनःनिर्माणको उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले यहाँ शुभारम्भ गरे । उपमहानगरपालिकाको २२ लाख ७८ हजार लागतमा पन्त कन्स्ट्रक्सन मार्फत आगामी असार १५ सम्म पुनःनिर्माण सक्ने गरी सम्झौता गरिएको छ…