१ चैत, बैतडी । बैतडीमा जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीमाथि स्थानीय बासिन्दाले बुधबार हातपात गरेका छन् । जिल्लाको तल्लो स्वराडमा पर्ने शिवनाथ गाउँपालिका वडा नं ४ मा रहेको उदयदेव स्वास्थ्यचौकी व्यवस्थापन समिति गठनमा असहमति जनाउँदै केही स्थानीयवासीले स्वास्थ्यचौकी इन्चार्ज, वडाध्यक्ष र गाउँपालिकाका नायब सुब्बामाथि हातपात गरेका हुन् । निर्देशिकाअनुसार गठन गरेको समिति नमान्ने भन्दै उनीहरुले माइन्यूटसमेत…