काठमाडौं, काठमाडौं उपत्यकाको उत्तरपूर्वी भेगका चार नगरपालिकामा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार गोकर्णेश्वर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका सन्तोष चालिसेले ५७, नेकपा एमालेका पुण्यप्रसाद चौलागार्इंले ४९, माओवादी केन्द्रका टिआर नेपालले २६ र राप्रपाका श्यामकृष्ण श्रेष्ठले एक मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा कांग्रेसकी शान्ति नेपाल र एमालेकी शान्ति श्रेष्ठले बराबर ५६ मत पाउनुभएको…