धुलिखेल । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आयोजनामा स्थानीय तह सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम काभ्रेपलाञ्चोकको धुलिखेलमा बिहीबारबाट सुरु भएको छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको सहयोगमा तीन दिनसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा ३, ४ र ६ नं प्रदेश भित्रका महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख एवं उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्षको सहभागिता रहेको…