धनगढी । आगामी स्थानीय तहको निर्वाचनमा कैलाली जिल्लावाट ६८९ जना प्रतिनिधि निर्वाचित हुन लागेका छन् । क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका अनुसार, १३ स्थानीय तह रहेको कैलालीमा सबैभन्दा बढी धनगढी उपमहानगरपालिकाबाट १०० प्रतिनिधि निर्वाचित हुन लागेका हुन् । यसैगरी टिकापुर नगरपालिका र भजनी नगरपालिकाबाट ५० – ५०, लम्कीचुहा नगरपालिकाबाट ५५, गोदावरी नगरबाट ६५, गौरीगङ्गा नगरबाट ६०…