सीताराम अधिकारी ५ असार, मलेखु– धादिङ । नेपाल विद्युत् प्राधिकरणको लापर्बाहीका कारण धादिङ गल्छी गाउँपालिका ६ बैरेनी महेशदोभान र गजुरी गाउँपालिका २ मलेखुबजार क्षेत्र दुई साता देखि अन्धकारमय भएका छन् । पृथ्वीराजमार्गको महेशदोभान बाट माझीखेत, माझीलोसे, रैकर, बराडाँडा लगायत गाउँतर्फ गएका विद्युत् लाइनमा समस्या आएपछि गत जेठ २२ गते देखि सो क्षेत्र अन्धकारमय भएका हुन्…