जलेश्वर । महोत्तरीको उत्तरवर्ती खयरमाराका ७० घर रहेको बस्ती नदी कटानको जोखिममा परेको छ । बर्दिवास नगरपालिका १० मा पर्ने सो बस्तीको छेउबाट बग्ने मडहा खोलाबाट अहिले जथाभावी ढुङ्गा, बालुवा र गिट्टी उठाउन थालिएपछि सो बस्तीमा कटानको जोखिम बढ्दै गएको हो । खयरमारा नजिकै मडहा खोलाबाट दैनिक ट्याक्टरले प्रतिदिन ढुङ्गा, गिट्टी र बालुवा उठाएर लैजाने…