प्रकाश मिश्र घोडाघोडी । तराई क्षेत्रमा रहेका प्राकृतिक तालहरूमध्ये सबैभन्दा ठूलो क्षेत्रफल ओगटेको घोडाघोडी ताल क्षेत्रको संरक्षण गर्न जरुरी भएको छ । दुर्लभ चराचुरुङ्गीले आराम गर्ने शान्त अनि, सुरक्षित बासस्थानको रूपमा रहेको कैलाली जिल्लामा अवस्थित यो ताल क्षेत्र पछिल्लो समय बढ्दो बसाइसराइको चापले दिनप्रतिदिन अतिक्रमणको चपेटामा पर्दै गइरहेको छ । प्राकृतिक सम्पदाको दृष्टिले मात्र हैन…