सुमन घिमिरे, उर्लाबारी (मोरङ) । नुनसरी बक्राहा खोलामा वर्षासंगै आएको बाढीले मानव बस्तीसंगै खेतीयोग्य जमिन कटान गर्न थालेपछि मोरङको मिक्लाजुङवासी त्रसित बनेका छन् । गत वर्षको असारमा बस्तीतिर पसेको बक्राहाको बाढी रोक्न तटबन्ध निर्माण हुन सकेको छैन । बाँध फुटाएर बस्तीमा पस्दा बक्राहाको बाढीले सो गाउँपालिकाको साविक मधुमल्ला गाविसका ५०० परिवार विस्थापित भएका थिए ।…