मङ्सिर १३, सोलुखुम्बु । यहाँको महाकुलुङ गाउँपालिका ३ छेस्कामको वडा कार्यालय अधिकांश समय बन्द हुन्छ । वडाको आफ्नै भवन भए पनि महीनौँ महीना कार्यालय बन्द रहने गरेको स्थानीय नागरिकले गुनासो गरेका छन् । वडा कार्यालयमा दैनिक कर्मचारी नहुने भएपछि सेवाग्राही समेत नआउने गरेको स्थानीय प्रशान्त विश्वकर्माले बताए । उनले भने, “कार्यालयमा जनप्रतिनिधिनै आउँदैनन् अनि…