काशीराम शर्मा मङ्सिर २२, बाँके । कोहलपुर नगरपालिका बाहेकका बाँकेका सात स्थानीय तह अझै डिजिटल अभ्यासमा अग्रसर हुन सकेका छैनन् । स्थानीय तहका जनप्रतिनिधिकै उदासिनताले ‘डिजिटल नेपाल’ नारामा मात्रै सीमित भएको हो । कछुवा गतिमै भए पनि कोहलपुर नगरपालिका भने डिजिटल प्रविधिको अभ्यासमा जुटेको छ । मोबाइल एप्ससबाट आफ्नो तहको सूचना तथा गतिविधि आम…