मङ्सिर २५, ललितपुर । जिल्लाका पाँच वटा स्थानीय तह र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबीच पुनःनिर्माणमा रहेका समस्या हटाएर बाँकी रहेका घर चाँडो निर्माण सक्ने गरी समझदारी भएको छ । जिल्ला पुनःनिर्माण समन्वय समिति ललितपुरको बैठकपछि ललितपुरका दुई नगरपालिका र तीन गाउँपालिकासँग प्राधिकरणले सम्झौता गरेको हो । नगरपालिकाका प्रमुख र गाउँपालिका अध्यक्षहरु तथा प्राधिकरणको केन्द्रीय योजना कार्यन्वयन…