मङ्सिर २५, गोरखा । गोरखाका चार गाउँपालिकालाई जडीबुटीको पकेट क्षेत्र घोषणा गरिएको छ । गण्डकी प्रदेश डिभिजन वन कार्यालयले अजिरकोट, धार्चे, बारपाक सुलीकोट र आरुघाट गाउँपालिकालाई जडीबुटी खेतीका लागि जिल्लाको पकेट क्षेत्र घोषणा गरेको हो । जिल्लाको उच्च हिमाली भेकमा जडीबुटी खेतीको राम्रो सम्भावना रहेकाले तिनको विस्तार र प्रशोधन गर्ने उद्देश्यले पकेट क्षेत्र छनोट गरिएको…