माघ १५, बनियानी । झापाका तीन स्थानीय तहले विकास र समृद्धिका लागि सहकार्य गर्ने भएका छन् । कचनकवल, हल्दिबारी र बाह्रदशी गाउँपालिकाले विकास र समृद्धिका लागि सहकार्य गर्न ‘वी थ्री’ अवधारणा अघि बढाएका हुन् । हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले तीनै गाउँपालिकाको सिमाना जोडिएकाले साझेदारीमा काम गर्न सो अवधारणा ल्याइएको बताए । “गाउँपालिकाको आयस्रोत न्यून…