१ कार्तिक २०८१, बिहिबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जन्मदर्ता नगर्नेको सङ्ख्या अत्यधिक, घरघरमा गई जन्मदर्ता



माघ १५, जाजरकोट । जन्मदर्ता गराउन छेडागाड नगरपालिकाले गाउँगाउँमा घुम्ती शिविर गरेर अभियान थालेको छ । जन्मदर्ता नगर्नेको सङ्ख्या अत्यधिक भेटिएपछि नगरपालिकाले घरघरमा गई तथ्याङ्क सङ्कलन गर्न सो अभियान थालेको हो ।

कर्मचारीको चार समूह निमार्ण गरी घुम्ती शिविर सञ्चालन गरिएको नगर प्रमुख लालबहादुर महताराले बताए । सो शिविरमार्फत नगरपालिकाले हालसम्म तीन हजार बालबालिकाको जन्मदर्ता गराएको छ । “जन्मदर्ता छुटेको भेटिएपछि अभियान थालिएको हो,” उनले भने ।

पाँच वर्षमुनिका बालबालिकाका लागि सरकारले बालपोषण अनुदानका लागि जन्मदर्ता भइसकेका सबैको विवरण आगामी फागुन मसान्तभित्र मुख्य घटना दर्ता तथा सामाजिक सुरक्षा सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट गरिसक्ने र आगामी चैतदेखि बालपोषण अनुदानवापत प्रतिमहीना ४०० का दरले उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।

सहयोगले नगरपालिकाभित्रका पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको अवस्थामा सुधार आउने अपेक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद आचार्यले बताए । बालश्रम र बालविवाह न्यूनीनकरण गर्नका लागि जन्मदर्ता महत्वपूर्ण छ । बालविवाह गर्ने तथा गराउनेलाई कानूनी दायरामा ल्याउन जन्मदर्ता अभियानबाट मद्दत पुग्ने उनको भनाइ छ । रासस

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार ००:००