१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापाका ३ स्थानीय तहले विकास र समृद्धिका लागि सहकार्य गर्ने



माघ १५, बनियानी । झापाका तीन स्थानीय तहले विकास र समृद्धिका लागि सहकार्य गर्ने भएका छन् । कचनकवल, हल्दिबारी र बाह्रदशी गाउँपालिकाले विकास र समृद्धिका लागि सहकार्य गर्न ‘वी थ्री’ अवधारणा अघि बढाएका हुन् ।

हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले तीनै गाउँपालिकाको सिमाना जोडिएकाले साझेदारीमा काम गर्न सो अवधारणा ल्याइएको बताए । “गाउँपालिकाको आयस्रोत न्यून छ । एक्लैले गर्नुभन्दा मिलेर विकास गर्न सकिन्छ,” उनले भने । तीनवटै गाउँपालिकाको सहकार्यमा उपकरण खरीद, सीमा विवाद समाधान, करमा एकरुपता, ऐन–कानून निर्माण लगायत काम गर्ने योजना छ ।

“धेरै स्थानीय तहमा सीमा विवाद छ, कर पनि फरक फरक पाइयो, ” लिङ्देनले भने, “हरेक क्षेत्रमा समानता ल्याउने हाम्रो सोच हो ।” तीनै तहमा वनजङ्गल संरक्षण, पर्यापर्यटनको विकास र विभिन्न योजनाको गुरुयोजना तयार गर्न सहकार्य आवश्यक रहेको कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलम बताउछन् । कम लागतमा नागरिकलाई बढी सुविधा दिन सकिन्छ ।

बाह्रदशी गाउँपालकाका अध्यक्ष खड्ग राजवंशीले कार्यविधि निर्माणपछि कार्यदल बनाइने जानकारी दिए । स्थानीय तह पुनः संरचनापछि पाँच वडा रहेको हल्दिबारीको जनसङ्ख्या २९ हजार, सात वडा रहेको कचनकवलको जनसङ्ख्या २९ हजार तथा सात वडा रहेको बाह्रदशी गाउँपालिकाको जनसङ्ख्या ३३ हजार रहेको छ । रासस

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार ००:००