१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुलसीपुर उपमहानगरः पशु सुत्केरी भत्ता वितरण



माघ १४, लमही । दाङको तुलसीपुर उपमहानगरपालिका १८ मा पशु सुत्केरी भत्ता उपलब्ध गराउनुका साथै विपद् पीडितका परिवारलाई राहत पनि वितरण गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका १८ हेमन्तपुरमा आइतबार आयोजित कार्यक्रममा वडा कार्यालयले पहिलो पटक पशु सुत्केरी भत्ता वितरण शुरु गरेको हो ।

व्यावसायिक पशुपालनमा लागेकालाई प्रोत्साहनस्वरुप एक सुस्तेकरी पशुको ५०० का दरले भत्ता वितरण गरिएको वडाध्यक्ष माधव वलीले बताए ।

यसैगरी आगोलागीमा परी भवन पूर्ण क्षति भएका गेहेन्द्रबहादुर खत्री र राजकुमार नेपालीलाई जनही ३५ हजार, आंशिक भवन क्षति भएका टोपबहादुर वलीलाई २० हजार, जपधन बुढामगर, सामान्य क्षतिभएका पहलवीर खड्का र देवबहादुर खड्कालाई जनही १५ हजार प्रदान गरिएको थियो । रासस

प्रकाशित मिति : १४ माघ २०७५, सोमबार ००:००