१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वीचौकी गाउँपालिकाद्वारा चौखुट्टे–सिलगढी बस सेवा शुरु



माघ १३, डोटी । यहाँको पूर्वीचौकी गाउँपालिकाले चौखुट्टे देखि सिलगढी सम्म बस सेवा शुरु गरेको छ । अछामको चौखुट्टे देखि सदरमुकाम सिलगढी सम्मका लागि दुई बस सञ्चालन गरिएका छन् ।

बस सेवा सञ्चालन भएपछि पूर्वीचौकीका जनतालाई राहत पुग्ने गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए । बिहान, दिउँसो र बेलुका गरेर बस सेवा सञ्चालन हुने प्रशासकीय अधिकृत बिनोद सापकोटाले जानकारी दिए ।

उक्त गाउँपालिकाले एक्साभेटर सेवा पनि शुरु गरेको छ । गाउँपालिकाभित्र सडक विस्तार मर्मत तथा सुधार गर्नका लागि आफ्नै डोजर पनि ल्याइएको गाउँपालिकाका उपाध्यक्ष निर्मला साउदले जानकारी दिइन् ।

सुदूरपश्चिम प्रदेशमा आफ्नै यातायात सञ्चालन गर्ने यो पहिलो गाउँपालिका हो । दुई बस ३५ सिट क्षमताका ८१ लाख ७६ हजार र एक एक्साभेटर एक करोड २३ लाख ४५० को लागतमा खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताए । रासस

प्रकाशित मिति : १३ माघ २०७५, आइतबार ००:००