१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपुरकोट गाउँपालिकाकाे ‘कृषि कपुरकोट’ मोबाइल एप्स



माघ १५, सल्यान । कपुरकोट गाउँपालिकाले ‘कृषि मोबाइल एप्स’ को शुरुआत गरेको छ । कृषकलाई मौसम, प्रविधि लगायत विषयमा घरमै जानकारी दिनका लागि सो सेवा थालिएको छ ।

किसानले सहजै आफ्नो फोनमा डाउनलोड गरी एप्सको प्रयोग गर्न सक्ने ‘उपसर्ग टेक्नोलोजी’का प्रबन्धक युवराज आचार्यले जानकारी दिए । “यो एप्स एक पटक डाउनलोड गरिसकेपछि इन्टरनेटको आवश्यकता पर्दैन, इन्टरनेटको पहुँचभन्दा बाहिरका किसानले पनि घरमै बसेर जानकारी लिन सक्छन्,” उनले भने ।

‘कृषि कपुरकोट’ नाम दिइएको उक्त एप्समार्फत किसानले कृषि विज्ञसँग कुराकानी गर्न सक्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले बताए । “एप्समा कृषि प्रविधि, विज्ञ सुझाव तथा च्याट, कृषि सूचना÷समाचार, बजार मुल्य, मौसम पूर्वानुमान, कृषि तालीम, कृषि दस्तावेज, आवश्यक फोन नम्बर तथा विज्ञ विवरण उपलब्ध हुनेछ,” उनले भने । रासस

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार ००:००