३० फागुन, इलाम । इलाम नगरपालिकाले समग्र नगरपालिकाको विकास र उन्नयनका लागि विभिन्न योजना बनाउन थालेको छ । धेरैजसो स्थानीय तहमा तथ्यांक र योजनाको अभावमा कुन क्षेत्रको विकासमा के नीति लिने भन्ने अन्योल भइरहेका बेला इलाम नगरपालिकाले नगरको प्रोफाइल, भू–उपयोग योजना र यातायात गुरूयोजना बनाउन थालेको हो । नगर प्रोफाइलमा नगरको प्राकृतिक स्रोत, भौतिक पूर्वाधार…