स्थानीय खबर संवाददाता संघीय अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीयस्तरका व्यापार, व्यवसाय तथा अन्य क्षेत्रलाई करको दायरामा ल्याउनु पर्ने बताएका छन् । नेपाल नगरपालिका संघको २५ औं स्थापना दिवसको कार्यक्रममा खतिवडाले सरकारले स्थानीयस्तरमा लगानी गर्ने तर त्यसबाट प्रतिफल लिन नसक्ने परिपाटीको अन्त्य हुनुपर्ने बताए । “नगरपालिका घोषणा गरेर घरजग्गा, व्यापार व्यवसाय र अन्य क्षेत्रको मूल्य बढाउने…