हिजो स्रोत एकात्मक र केन्द्रित थियो । सिंहदरबारबाट सबै स्रोत–साधन प्रयोग हुन्थ्यो । अब राज्यमा जम्मा हुने स्रोत प्रदेश, स्थानीय तह (गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका) पनि हस्तान्तरण गर्ने नीति बनेको छ । यो वित्तीय संघीयताको एक रूप हो । वित्तीय संघीयता लागू गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोग आवश्यक छ । वित्तीय आयोग वास्तवमा…