ताराखोला गाउँपालिकाले प्रथम पञ्चवर्षीय योजना तयार पारेको छ । गाउँपालिकाले विज्ञ, परामर्शदाताको सहयोग लिएर आवधिक योजना बनाएको हो । ५ वर्षका लागि योजनाबद्ध विकासको खाका कोरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । योजनाको मस्यौदा छलफल तथा सुझावका लागि शुरुमा वडा तहमा पठाइएको थियो । गाउँ कार्यपालिका सदस्य, गाउँ सभा सदस्य, विषयगत शाखाका प्रमुख, विज्ञलगायतको टोलीले…