माघ १०, टीकापुर । टीकापुर नगरपालिकाले स्वास्थ्यमा लगानी गरेपछि नागरिकले सुविधा प्राप्त गर्न थालेका छन् । नगरपालिकाले बालरोग विशेषज्ञ चिकित्सक भर्ना गरेको छ । सबै वडामा शहरी स्वास्थ्य केन्द्र, सुत्केरीलाई निःशुल्क एम्बुलेन्स र नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउन थालेको छ । टीकापुर अस्पतालमा डेढ महीनाको अवधिमा बालरोग विशेषज्ञ चिकित्सकबाट एक हजार ३०३ बालबालिकाले सेवा पाइसकेका…