६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेटौंडामा प्रादेशिक यातायात व्यवस्था कार्यालय स्थापना



माघ ९, हेटौँडा । प्रदेश नं ३ को राजधानी हेटौंडामा यातायात व्यवस्था कार्यालय स्थापना गरिएको छ । ३ नं. प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश यातायात व्यवस्था सेवा कार्यालय स्थापना भई सेवा विस्तार भएपछि प्रायः सबै अधिकार प्रदेशमा आइसकेको बताए ।

प्रदेश कार्यालय स्थापना भएपछिको आज आयोजित कार्यक्रममा पौडेलले भने, “यो प्रदेश सरकारको ठूलो उपलब्धि हो ।यस कार्यालबाट धेरैभन्दा धेरै सेवाग्राहीले सेवा प्राप्त गर्ने छन् ।”

सेवाग्राहीले छिटोछरितो सेवा पाउनुपर्नेतर्फ सचेत रहन असन्तोषका कुरा सुन्न नपर्ने वातावरण बनाउन कर्मचारीलाई निर्देशन दिए । पौडेलले कार्यलयलाई थप व्यवस्थित बनाउँदै लैजाने र आवश्यक जनशक्ति पनि व्यवस्थापन गर्ने तथा आगामी दिनमा पनि प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस कार्यालयले ब्लू बुक नवीकरण सबै प्रकारका सवारी कर, जाँच पास जस्ता कार्य गर्ने प्रदेश ३ का यातायात कार्यालय हेटौँडाका कार्यालय प्रमुख पोषण थापाले बताए । छिट्टै यातायात व्यवस्था सेवा कार्यालयले लाइसेन्स नवीकरण पनि गर्ने थापाले जानकारी दिए । रासस

प्रकाशित मिति : ९ माघ २०७५, बुधबार ००:००