माघ १०, डोल्पा । हिमपातका कारण डोल्पाको जुफाल विमानस्थल तीन दिनदेखि अवरुद्ध छ । हवाई मैदानमा बाक्लो हिँउ जमेकाले हवाईसेवा बन्द भएको नागरिक उड्डयन प्राधिकरण जुफालका प्रमुख बालकुमार सिंहले जानकारी दिए ।
“मङ्गलबारदेखि हिमपातका कारण जुफाल विमानस्थल अवरुद्ध छ, कुनै हवाईउडान हुन सकेको छैन,” उनले भने ।
हवाईसेवा बन्द भए पछि दैनिक उपभोग्य सामग्रीसमेत ढुवानी गर्न सकिएको छैन । उडान नभएका कारण जुफाल विमानस्थलमा यात्रुहरूको चाप बढेको छ । “हिँउ पग्लेपछि हवाई उडान सुचारु हुन्छ,” सिंहले भने । लगातारको हिमपात पछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।रासस
प्रतिक्रिया