माघ १३, काभ्रेपलाञ्चोक । तामाङ समुदायको सांस्कृतिक पर्व ड्वाल्हो सोनाम ल्होछारका लागि यहाँका स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । तामाङ समुदायको बाहुल्य रहेका चौँरीदेउराली गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ भने तेमाल, महाभारत र रोशी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएका छन् । चौँरीदेउराली गाउँपालिका तामाङ समुदायको आदिभूमि रहेकाले पर्व, धर्म, संस्कृति, संरक्षण…