काठमाडौं । एउटा कार्यविधि स्वीकृत नहुँदा १४ अर्ब रुपैयाँको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पीएलजीएसपी) अझै सुरू हुन सकेको छैन । गत साउनबाटै सुरू हुनु पर्ने भए पनि ‘स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान हस्तान्तरण तथा व्यवस्थापन नियमावली’ मन्त्रीपरिषद्बाट स्वीकृत नहुँदा अझै सुरू हुन नसकेको हो । पीएलजीएसपीका राष्ट्रिय कार्यक्रम व्यवस्थापक रमेश अधिकारीका अनुसार संघीय सरकारसँग…